Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तत्काल कर्मचारी सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन


    शुक्रबार, असोज ७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  निर्वाचन आयोगले कर्मचारीको सरुवा  तत्काल रोक्न निर्देशन दिएको छ ।   निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

     आगामी मंसिर ४  मा हुने  निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि सुरु भएको भन्दै  आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अप्ठायारो   हुने जनाएको छ । 
    कर्मचारीको नाम अस्थायी मतदाता नामावलीमा सङ्कलनको कार्यको  सुरु भएको अबस्थामा कर्मचारीको सरुवा गर्दा नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने र निर्वाचन व्यवस्थापन  पनि बाधा हुने  भन्दै  आयोगले सरुवा रोक्न  निर्देशन दिएको हो । 
    आयोगले यदि सरुवा भइसकेको अवस्था भए पनि यहि असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने  गरि व्यवस्था गर्न  निर्देशन दिएको छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार