काठमाडौं । यो वर्षको मदन पुरस्कारका लागि सात पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि २०७६ सालमा प्रकाशित १ सय ५१ पुस्तकहरु आफूलाई प्राप्त भएको जनाएको छ ।
ती पुस्तकमध्ये छनोट भएका उत्कृष्ट सात पुस्तकमध्ये एकलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिनेछ ।
यस वर्ष मदन पुरस्कारका लागि मनोनयनमा परेका पुस्तकहरुमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्महारसको ‘महारसनिघण्टु(खण्ड१–३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित विष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ रहेका छन् ।
