Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै 


    बिहिबार, असोज ६ २०७९
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी असोज ६ गते नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । 

    राष्ट्र बैंकले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको  ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकले सोझै खरीद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

    ६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेश गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैंकले जनाएको छ ।

    चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैंक आफैले धमाधम खरिद गरिरहेको छ । तर, यसपटक भने ट्रेजरी बिल सोझौ खरिद गरेर राष्ट्र बैंकले प्रणालीमा तरलता पठाउन लागेको हो ।

    केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैंकले यसपाली भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।

    इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने राष्ट्र बैंकको आधिकारिक वेवसाइटमार्फत गर्नुपर्ने बैंकले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार