काठमाडौँ। बिहीबार ललितपुरस्तिथ पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका नाममा अनाडी मान्छे बसेर राष्ट्रपतिको ‘मजाक’ उडाउने काम गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको सुझावलाई संसद बाहिर अनाडीहरु बसेर मजाक बनाउँदै कुसंस्कार भित्र्याएको समेत बताए ।
उनले संविधान, कानुन र मर्यादा समेत गठबन्धनले उल्लंघन गरेको भन्दै गठबन्धनसँग बहुमत नै नभएको टिप्पणी गरे । ‘जोडेको बहुमतको धाक लगाउने ?’, ओलीको प्रश्न छ । उनले यही कुसंस्कार र अलोकतान्त्रिक बाटोमा हिँडेको गठबन्धनले राष्ट्रपतिको अपमान गर्ने काम गरेर महानता ठानेको भन्दै मंसिर ४ को निर्वाचनले दण्डसजाय दिने विश्वास गरे ।
ओलीले भने, ‘गठबन्धनको गन्तव्य जसरी पनि घुँडा टेकेर भएपनि सत्ता प्राप्त गर्नु हो, यसो सुरुवाल तान्न लगाएर हेर्नुस् त कस्तो भएको छ घुँडा टेक्दा टेक्दा ? जोतेको गोरुको काँधजस्तो भएको छ ।’
ओलीले गठबन्धनमा रहेका पार्टीहरू गठबन्धनबाट निस्कन नसक्ने भन्दै कुवामा जसले हाल्यो उसले मात्रै निकाल्न सक्ने बताए । ‘आफै सक्नुहुन्न । अस्तित्व रक्षाको प्रयासमा हुनुहुन्छ । बाँच्न र ज्यान जोगाउन’, माओवादीको नाम लिँदै ओलीले भने, ‘माओवादी पार्टी भनेको पार्टी होइन केन्द्र भनेको छ उसले । माथि मात्रै छ । तल छैन ।’ ओलीले माओवादी केही समयमा ‘फेमेली क्लबमा परिणत हुने दावी गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend