काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएका छन् । पछिल्लो समय प्रचण्ड समूहको भेलामा समेत जान छोडेका वामदेवले आफू टाढिएको प्रष्ट पारेका छन् ।
मंगलबार वामदेवलाई भेट्न प्रचण्ड भैंसेपाटी पुगेका थिए । ४० मिनेट चलेको कुराकानीमा प्रचण्डले वामदेवलाई पछिल्लो अवस्थाका बारेमा बताएका थिए । तर वामदेवले भने विवाद समाधानको लागि अघि बढ्नुपर्ने विचार राखेका थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेको हो कि भन्ने प्रचण्डको आशयमा वामदेवले आफू अब कुनै गुटमा नलाग्ने प्रष्ट्याए । वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले यो कुराको पुष्टि गरेका छन् । उनले वामदेवको भनाइ उदृत गर्दै अध्यक्ष प्रचण्डसँगको भेटमा आफू पार्टीको एकताप्रति दृढ रहेको र कुनै गुटमा नलाग्ने जवाफ दिएको बताएका छन् ।
गौतमले गत साउन १३ गते पार्टी विग्रह रोक्न भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। केपी ओलीले गौतमलाई सोही दिन साँझ उनको निवास भैंसेपाटीमै पुगेर भेटेका थिए भने प्रचण्ड पनि मंगलबार भैंसेपाटी पुगेका थिए।सो भेटपछि नै वामदेवले कित्ता परिवर्तन गरेको चर्चा चलेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend