Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजको मौसम पूर्वानुमान :देशभर वर्षाको सम्भावना


    बिहिबार, असोज ६ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल  देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैको  प्रभावले आज  प्रदेश १, मधेस प्रदेश, गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज (बिहिवार) दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
    शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार