Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भन्सारी छली ल्याएको सुनसहित तीन जना पक्राउ


    बुधबार, असोज ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका-९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्‍वकर्मा र कालिकोट पलाता गाउँपालिका-७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् ।

    हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १/१ थान सिक्री र १/१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार