Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने


    बुधबार, असोज ५ २०७९
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । 
    नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो ।

    सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् । उनले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीचमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताए ।

     एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख ढकालले उल्लेख गरेका छन् । सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताए । उनले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताए । उनले भने – ‘ब्याज बढाएको चिज स्वभाविक होइन । अहिले ब्याज बढेको छ, जुन लेभलमा अहिले ब्याज बैंकहरुले बढाएको छ ।

    ब्याज बढाउँदैमा डिपोजिट बढ्छ भन्ने कुरा पटक्कै होइन ।’उनले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको ढकालको  भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार