Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनमोर्चा अध्यक्ष केसीले भने- राष्ट्रपतिले चालेको कदमको कुनै मतलव छैन


    बुधबार, असोज ५ २०७९
    700
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे चालेको कदमका विषयमा कुनै मतलव एवं आपत्ति नभएको प्रतिक्रिया दिएका छन् ।

    उनले राष्ट्रपति भण्डारीको कदममा समर्थन गर्दै राष्ट्रपतिले चालेको कदम ठिक बेठीक भन्दा पनि नागरिकता विधेयक खारेज हुनुपर्ने केसीको भनाई छ । 

    हाम्रो मत नागरिकता विधेयक पारित गर्नु हुँदैन भन्ने हो । नागरिकता विधेयकका विषयमा हाम्रो सहमति छैन । असहमति छ ’ नेपालफेससंग  कुरा गर्दै केसीले भने,   विदेशीलाई वंशजको नागरिकता दिन नहुने केसीको भनाई छ । गठबन्धनभित्रका दलले जे मान्छन् त्यो सबै मानेर जानुपर्छ भन्ने नहुने दाबी गरे। 

    राष्ट्रपति भण्डारीको कदमबारे सत्तारुढ गठबन्धनले एक संयुक्त विज्ञप्ति जारी गरेको थियो तर राष्ट्रिय जनमोर्चाले भने उक्त संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार