काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारीगर्दै उक्त जानकारी दिएका हुन् ।
आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेखन समितिमा ६ सहमहामन्त्रीलाई सदस्यका रूपमा राखिएको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार सदस्यमा रहेका छन् । यस्तै अर्थशास्त्री समेत रहेका स्वर्णिम वाग्ले, वाग्मती प्रदेशकी पूर्वप्रदेश प्रमुख एवं अधिकारकर्मी अनुराधा कोइराला, कवि एवं साहित्यकार विष्णुविभु घिमिरे कवि एवं गीतकार श्रवण मुकारुङलगायत व्यक्ति समिति सदस्यमा छन् ।


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend