Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • काठमाडौंमा नेपाल–भारत सहसचिवस्तरीय बैठक सुरु 


    बुधबार, असोज ५ २०७९
    2.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंमा नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक बुधबारबाट सुरु  भएको हो ।

    उक्त बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

    त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ र नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा  नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

    नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा समेत छलफल हुनेछ ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार