Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन जिल्लामा चट्याङ लागेर तीन जनाको मृत्यु, चार घाइते


    मंगलबार, असोज ४ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। चट्याङ लागेर तीन जिल्लामा  ३ जनाको मृत्यु भएको छ ।चट्याङ लागेर मकवानपुर , स्याङ्जा र सर्लाहीमा एक एक जना गरि ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
     मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वकैया(११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरमा बसिरहेको बेला चट्याङ लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो ।
    यस्तै स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङका कारण स्याङ्जाको आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षीय किसान बर्देवाको मृत्यु भएको हो । घरमै सुतिरहेको अवस्थामा बर्देवाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

    यस्तै सर्लाहीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथानमा चट्याङ लागेर एक युवकको ज्यान गएको हो । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार