Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सैनिक टोली हिमालयन एयरलाइन्समार्फत इराक प्रस्थान


    बुधबार, साउन २१ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तीन महिनादेखि रोकिएको नेपाली सेनाको टोली बुधबार इराकतर्फ प्रस्थान गरेको छ। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार ३५ जनाको टोली बुधबार बिहान यसतर्फ प्रस्थान गरेको हो।

    कोरोना संक्रमण लगायतका कारण तीन महिना पहिले नै जानु पर्ने टोली रोकिएको थियो। हिमालयन एयरलाइन्समार्फत ३५ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

    नेपाली सेनाको सैनिक मिसन कोरोनाका कारण तीन देखि चार महिना प्रभावित भएको प्रवक्ता पौडेलले बताए। मालीमा असार ३१ गते नै टोली प्रस्थान गरिसकेको छ। पहिलो पटक नेपाल एयरलाइन्समा २ सय १३ जनाको टोली गएको हो।

    त्यस्तै लिवियामा २ सय ३० जना जानु पर्नेमा १ सय १४ जना पहिलो फ्लाइटमा काठमाडौंबाट ट्युनिसिया र त्यहाँबाट लिविया जानेछन्। ट्युनिसियाबाट स्वीकृति प्राप्त भइनसकेका कारण प्रस्थान गर्न ढिलाइ भइरहेको छ।

    साउथ सुडानमा मार्चमा जानु पर्नेमा जुलाइमा मात्रै गएका थिए। १४ गते पहिलो फ्लाइटमा २ सय ३८ जना गएका छन्। अब दोश्रो र तेस्रोमा गरी ७ सय सैनिक त्यसतर्फ प्रस्थान गर्ने छन्। सुडानमा भदौ ३ र २१ गते जाने तयारी भइरहेको प्रवक्ता पौडलको भनाइ छ। उनले उडान प्रभावित हुन सक्ने संभावना भने रहेको जानकारी दिए।

    संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्य अन्तर्गत नेपाली सेना विभिन्न देशमा खटिँदै आएको छ। इराकमा सन् १९९५ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी हुँदै आएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार