Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसको कोरोना भ्याक्सिनप्रति डब्ल्यूएचओ सतर्क


    बुधबार, साउन २१ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । रुसले यतिबेला कोरोना विरुद्धको भ्याक्सिन निर्माणको कामलाई तीव्रता दिएको छ ।  रुसले अक्टोबर महिनादेखि कोरोना भाइरसको भ्याक्सिनको उत्पादन गर्न बताइसकेको छ ।

    तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने भ्याक्सिन उत्पादनका लागि प्रोटोकल बनाएको छ । सो प्रोटोकल अनुसार भ्याक्सिन तीन चरणको परीक्षणपछि मात्र स्वीकृत हुन सक्छ । डब्ल्यूएचओका  प्रवक्ता क्रिस्टियन लिंडमिरलाई भने तेस्रो चरणको ट्रायल नगरीकनै त्यसको उत्पादन गरिए त्यसलाई खतरनाक मानिने बताए । 

    रुसका स्वास्थ्यमन्त्रीले शनिबार भ्याक्सिनको बृहत् उत्पाद अभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पत्रकारसँगको कुराकानीमा भ्याक्सिनको कुनै शूल्क नलिइने र सबैभन्दा पहिले डाक्टर र शिक्षकलाई दिइने बताए । 

    यसको उत्पादन र परीक्षण दुबैलाई अघि बढाइएको उनले प्रष्ट पारे । ‘हामी यस्ता रिपोर्ट वा उपायहरु बाहिर आउने क्रममा सधैं सावधान हुनुपर्छ,’ लिंडमेयरले भने। साथै उनले यी परीक्षणका रिपोर्टहरुको पनि परीक्षण गर्नुपर्ने बताए । उनले औषधिले साइड इफेक्ट गर्छ कि गर्दैन भन्नेमा विशेष ध्यान दिनुपर्ने बताए । 

    रुसी स्वास्थ्यमन्त्रीले उत्पादनका साथै भ्याक्सिनको क्लिनिकल ट्रायल पनि जारी रहने र यसलाई उत्कृष्ट बनाउने कोसिस गरिने जानकारी दिए ।

    विश्व स्वास्थ्य संगठनले अहिलेसम्म २५ वटा भ्याक्सिनलाई क्लिनिकल ट्रायलका लागि सूचीबद्ध गरेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार