Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसमा समानुपातिक उम्मेदवार टुंग्याउन सकस


    सोमबार, असोज ३ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसलाई समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न सकस परेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म पनि नामहरुमा सहमति जुट्न भने सकेको छैन ।

    अहिले बैठक सात प्रदेशको छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरु सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशगत रूपमा सात वटा ठाउँमा उम्मेदवारको सूची बनाइदैछ।

    प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार आज सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु छलफलमा जुटेका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार