Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विकास मल्लले राष्ट्रिय टोलीको गोलकिपरलाई प्रशिक्षण दिने


    बुधबार, साउन २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो ।

    तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत थिए । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए ।

    मल्ल एन्फा एकेडेमीको उत्पादन हुन् । उनले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ । फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार