Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको पीएसओ र सरकारी गाडी फिर्ता लियो 


    आइतबार, असोज २ २०७९
    975
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता लिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराका दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता लिएको हो । 

    कार्यालयले स्कर्टिङमा खटिने प्रहरी टोलीलाई समेत बोलाएको छ । यसैगरी औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार र पछुवाका रुपमा प्रयोग हुने जीप पनि फिर्ता ल्याइएको कार्यालयले बताएको छ । 

    संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए । तर, उनको प्रयास भने असफल भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार