Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको समानुपातिक बन्दसूची तयार, भोली निर्वाचन आयोग जाने 


    आइतबार, असोज २ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको प्रस्ताव पारित गरेको हो । 

    नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका प्रतिनिधिसभातर्फ ११० जना समानुपातिकमा छानिएको बताए । जसमा ५७ जना महिला रहेको उनको भनाइ छ । 

    प्रदेश नम्बर १ का लागि  ३७ जना,  मधेश प्रदेशमा ४३ जना, बागमती  ४४  जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना, सुदूरपश्चिममा  २१ जनाको नाम तयार गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।  एमालेले उक्त बन्दसूची भोली निर्वाचन आयोगमा पेश गर्ने तयारी गरेको छ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार