काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको निष्कर्षसहित धरानमा आज राति १२ बजेबाट लकडाउन हुने भएको छ । धरान उपमहानगरपालिकाको बैठकले एक साताको लागि घोषणा गरिएको लकडाउन गर्ने निर्णय गरेको हो।
समुदायमा कोरोना फैलिएको बारे यकिन गर्नका लागि एक साता लकडाउन गरिएको बताइएको छ । जनस्वास्थ्य विज्ञहरुसँगको सल्लाहमा यस्तो निर्णय गरिएको हो ।
आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ। धरान अहिले तत्काल कोरोना परीक्षणको दायरा समेत बढाइनेछ । त्यसमा आउने नतिजाको आधारमा थप निर्णय गरिने समेत धरान उपमहानगरपालिकाले जनाएको छ ।
पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ। सोही कारण कोरोना समुदायमै फेलिएको अनुमान गरिएको बताइएको छ ।