Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक सूची टुंग्याउन माओवादीले बनायो कार्यदल


    आइतबार, असोज २ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एवं टुंग्याउन कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

    जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव रहेका छन् ।

    प्रदेशबाट लामो सूची आएकाले आजको बैठक निष्कर्षमा नपुगेको एक आधिकारीले बताए। आज कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि मात्र भोलि  बस्ने पदाधिकारी बैठकले अन्तिम निर्णय लिनेछ। 

    निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज २ र ३ गतेसम्मको समय दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार