काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारण हुने प्रख्यात ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको प्रोड्युसरमा ऋषि थपलिया नियुक्त भएका छन् । थपलिया विगत एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
धादिङ स्थायी घर भएका थपलिया यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए ।
वरिष्ठ पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रमको प्रोड्युसरको रुपमा थपलिया नियुक्त भएको टिभी प्रशासनले बताएको छ।
उनी यसअघि हिमालय टिभीबाट प्रसारण हुने यक्ष प्रश्न कार्यक्रमको प्रोड्युसरको रुपमा कार्यरत थिए ।