काठमाडौं । स्रोत नै नखुलेको ठूलो रकम बोकेर हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुमा एक १६ वर्षीय युवक १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कपिलवस्तु मायादेवी गाउँपालिका- १ पकडीका ३६ वर्षीय विनोद सोनार रहेका छन् । भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा उनी मंगलबार साँझ पक्राउ परेका हुन् ।
सोनारको साथबाट १ हजार दरका र ५ सय दरका नोटहरु सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए ।
सुनको अवैध कारोबार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशंका गरिएको छ ।