Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनका लागि प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार


    आइतबार, असोज २ २०७९
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सेनासँग प्रहरीले साना हतियार सापट मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।

    निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उच्च अधिकारी भन्छन्–‘स्थानीय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यस पटक पनि सेनालाई हतियार सापट दिन प्रस्ताव गरेका छौँ ।’

    नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ । अपुग हतियार अन्य सुरक्षा निकायसँग सापटीमा लिन लागेको प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने–‘केही हतियार हामीलाई अपुग हुन्छ, सो अपुग हतियार अन्य सुरक्षा निकायबाट लिन्छौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार