काठमाडौं । अब एकतोला सुन किन्नका लागि एक लाख लिएर जाँदा पनि नपुग्ने भएको छ । बुधबार मात्रै तोलामा १६ सय बढेको सुन अब प्रतितोला १ लाख १ हजार ४ सय पुगेको छ ।
सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो । यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ ।
तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ । सुनको मूल्य पछिल्लो महिनामै १० हजार रुपैयाँले बढेको छ ।