Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबराले भने- मलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गर्यो 


    आइतबार, असोज २ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध गरेको र आफुलाई रोक्न खोजेर सरकारले अराजकता प्रदर्शन गरेको बताएका छन्। आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई बालुवाटारस्थित निवासबाट रोक्न रोक लगाइएको हो । 

    जबराले सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् । 

    जबराले भने, ‘सर्वोच्चको ढोका र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन गर्यो  ।’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने समेत बताएका छन् ।

    शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए । 

    जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो र दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार