Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको एमाले सचिवालय बैठकले समानुपातिक उम्मेदवार टुंग्याउने  


    आइतबार, असोज २ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । समानुपातिक उम्मेदवार टुंग्याउन नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । 

    एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए । संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनु पर्ने छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ । आयोगको आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार