Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नहर बग्दा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध


    शनिबार, असोज १ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो ।

    २०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो । 

    कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दैआएका थिए । तर राष्ट्रिय प्रशारणलाइन विस्तारका कारण हाल सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ । 

    अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टीमेटका आधारमा जलविद्युत आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 

    बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाई क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दैआएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दामाथिबाट कमेरे माटो बगेर बाढीकारुपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार