काठमाडौं । नेपाली सेनाले २२९ अधिकृत ९सहायक सेनानी० पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन। समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।
पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासीरजनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्न नसकेको बताए।
उनले भने , कतिपय समावेशी समूहअन्तर्गत कुनै पनि आवेदन नपर्ने गरेको छ भने कतिपय पदहरूमा मागे जति आवेदन परे पनि अन्तिम नतिजामा समावेशीतर्फका उम्मेदवार कम हुँदा ती कोटामा खुलातर्फबाट पदपूर्ति गर्ने गरिएको छ।’’ लोकसेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षामा नै समावेशीतर्फको कोटामा कम उम्मेदवार उत्तीर्ण हुने गरेको उनले बताए ।
नेपाली सेनाले समावेशीसहितको पहिलो विज्ञापन २०६८ वैशाख २० गते गरेको थियो। अधिकृत क्याडेट, लेखा अधिकृत, पाइलट अधिकृत र विभिन्न ट्रेडका प्राविधिक अधिकृत, सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदका लागि सो विज्ञापन गरेको थियो। त्यसयता अहिलेसम्म ४२ पटक समावेशी कोटासहितको विज्ञापन गरिसकेको प्रवक्ता सिलवालले जानकारी दिए।
सैनिक सेवा नियमावली, २०६९ मा गरिएको व्यवस्थाअनुसार खुला प्रतियोगिताद्वारा गरिने पदपूर्ति पदहरूको पैँतालीस प्रतिशत पदसङ्ख्या समावेशीकरणका लागि छुट्याइन्छ। सो सङ्ख्यालाई शतप्रतिशत मानी महिला, आदिवासीरजनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रका उम्मेदवारहरूबीच क्रमशः बीस, बत्तीस, अठाइस, पन्ध्र र पाँच प्रतिशत छुट्याएर ती समूहरसमुदायका उम्मेदवारहरूबीच मात्र प्रतिस्पर्धा गराउने प्रावधान छ। आजको गोरखापत्र दैनिकबाट