Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पखाला लागेर मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि


    बुधबार, साउन २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एकजनाको मृत्यु भएको छ । गएको सोमबार मृत्यु भएकी एक १८ वर्र्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीलाई पखाला लागेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

    मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार