Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन खर्च नबुझाउने १ लाखभन्दा बढी उम्मेदवारमाथि कारबाही 


    शुक्रबार, भाद्र ३१ २०७९
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई कारबाही गरेको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई आयोगले आज कारबाही गर्ने निर्णय गरेको हो । 
     
    आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ ।  महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले  ३ लाख रुपैयाँ जरिवाना दिनुपर्ने आयोगले जनाएको छ । 

    आयोगले उपमहानगर पालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ५ लाख, वडाध्यक्ष र वडा सदस्य उम्मेदवारले साढे २ लाख, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ४ लाख, त्यसकै  वडाध्यक्ष र वडा सदस्य उम्मेदवारलाई २ लाख जरिवाना तोकेको छ । 

    गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले साढे ३ लाख तथा वडा सदस्य र वडाध्यक्षका उम्मेदवारले डेढ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । आयोगले जरिवाना नतिर्ने उम्मेदवारलाई ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नदिने चेतावनी समेत दिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार