Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइएमई जनरल इन्स्योरेन्स र इसान हस्पिटलबीच नगद रहित सेवा सम्झौता


    शुक्रबार, भाद्र ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र  Ishan Children and Women’s  hospital Pvt. Ltd  बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र Ishan Children and Women’s Hospital Pvt. Ltd का हस्पिटल डाइरेक्टर  राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमा सम्म  Ishan Children and Women’s Hospital Pvt. Ltd  बाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization ) सुविधा प्राप्त गर्न सकिने छ । 

    साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत  शरण रेग्मीले Ishan Children and Women’s Hospital Pvt. Ltd ले आफना ग्राहक महानुभावहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी  अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने भन्दै   ढुक्क भएर सेवा लिन आव्हान गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार