Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लोसपा कार्यकारिणी समिति बैठक सुरु 


    शुक्रबार, भाद्र ३१ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक काठमाडौँको बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ । 

    आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । 

    निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ । 

    यता दलहरुले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार