Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा केन्द्रीय सदस्य विश्वकर्मामाथि कारबाही सिफारिस


    शुक्रबार, भाद्र ३१ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मालाई  हुलदंगा गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा उक्त निर्णय भएको। 

    आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले बताएको छ ।

    विश्वकर्माले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज गरेकाले कारबाहीका लागि सिफारिस गरेको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए । साथै, विश्वकर्माले चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेको भदौ २९ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

    1_ScMiWLhOGB.jpg
    undefined

    2_rHZulIVlFQ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार