Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य घिमिरेको निधन 


    शुक्रबार, भाद्र ३१ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमडौं। नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको बिहीबार राति ८ः१५ बजे निधन भएको छ । 

    उनको निधन ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा भएको नेपाली कांग्रेसले जनाएको छ । 

    स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । 

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनको आजै अपरान्ह १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको नेपाली कांग्रेस स्रोतले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार