काठमाडौँ । ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक वृद्धाको ज्यान गएको छ । महालक्ष्मी नगरपालिका ८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको हो ।
दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । घाइते उनको उपचारको लागि किष्ट अस्पतालमा लिने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।