काठमाडौँ । चार पाङ्ग्रे गाडी खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले आज सूचना जारी गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर अनिर्वाय दिनुपर्ने बताएको हो ।
चालु आर्थिक वर्षको बजेटको ३९१ बुँदामा उल्लेख भएअनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई कार्यान्वयन गर्न विभागले सूचित गरेको हो । विभागले उक्त प्यान नम्बर विक्रेताले विक्री विजकमा उल्लेख गर्नुपर्ने भएकाले अनिर्वाय रुपमा पेश गर्न सबै सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई आग्रह गरेको छ ।