Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  प्रचण्डको आरोप- म भ्रष्टाचार गर्दिनँ भन्ने अनि आफैं धेरै भ्रष्टाचार मात्रै गर्ने ?


    बिहिबार, भाद्र ३० २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर पनि भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्।

    बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो आरोप लगाएका हुन्। 

    ‘हामीले प्रधानमन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचार बाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ, यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ’, उनले भने, ‘प्रणालीमा सुधार गर्न आवश्यक छ। यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस्। एकातिर निर्वाचन प्रणालीमा सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार