Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोलेन्द्रले आरोप लगाएका वकिलसँग समितिको सोधपुछ सुरु भयो 


    बिहिबार, भाद्र ३० २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग महाअभियोग सिफारिस समितिले छलफल सुरु गरेको छ । जबराले आफ्नो बयानका क्रममा समितिमा विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए ।

    जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले छलफल सुरु गरेको हो ।

    साथै अन्य पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीश, बहालवाला न्यायाधीहहरूले भने समितिमा बयान दिन उपस्थित नहुने बताइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार