Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै 


    बिहिबार, भाद्र ३० २०७९
    2.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

    उनी आगामी असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक आउने कार्यक्रम छ।

    अरगरियाले भने, ‘म एमाले प्रवेश गर्दैछु, त्यसका लागि असोज ८ मा अध्यक्ष ओली धनुषा आउने कार्यक्रम छ,’ 

    उनले असोज ३ मा निर्वाचन क्षेत्रमा छलफल गरी लोसपाबाट राजीनामा दिने जानकारी दिए। 

    उनले २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए। त्यसबेला उनी संघीय समाजवादी फोरममा थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार