काठमाडौं। उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् ।
मंगलबार किताब जात्रामा भाग लिँदै उनले असफलता र कमजोरीबाट सिक्ने अवसर मिल्ने बताएका हुन् साथै उनले आफू जहिले पनि सडकमै रहेको उल्लेख पनि गरेका छन् । उनले कुनै पनि व्यक्तिले पाएको सफलताले नयाँ बाटो र नयाँ दृष्टिकोण दिन सक्नुपर्ने बताए ।
सांसद चौधरीको संवादको सारसंक्षेप
प्रश्नकर्ताः सडकबाट उठेर न्युयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर मुलुकको अवस्था यस्तो छ । तपाई लाग्छ कि यो मुलुकलाई दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ? तपाई यो देशको रुपान्तरणमा केहि योगदान रहँदैन ?
चौधरीः त्यति मात्रै होइन, म आफू सम्बद्ध रहेका संस्थामा सधैं सफल नेतृत्वका रुपमा रहें । विभिन्न प्रकारका महत्वपूर्ण मुद्दामा आफ्ना प्रष्ट धारणाहरू राखे । चाहे त्यो संसदमा होस्, विभिन्न सेमिनार गोष्ठीमा होस् वा मिडियामा ।
तर मेरो निष्कर्ष के रह्यो भने दर्शक बनेर परिवर्तन सम्भव छैन, परिवर्तनका लागि खेलाडीका रुपमा मैदानमा प्रवेश गर्नैपर्छ । खेलाडीमा पनि अलग अलग श्रेणीका हुन्छन् । गोल हान्ने खेलाडी बन्नुभयो भने परिवर्तन ल्याउन सक्नुहुन्छ । भारतको उत्तरप्रदेश, विहारको कुरा गर्न सक्छौं ।
यस्तो खेलाडीका रुपमा छु कि मैदानमै छु, भित्रै छु । गोल हान्नै सक्ने अवस्थामा छैन । आफ्ना कुरा राख्छु । जतिसुकै बलियो गरी आफ्ना कुरा राखे पनि सुन्ने निकाय संवेदनशील छैन । सुनेका कुरालाई कार्यान्वयनमा लैजाँदैन भने जति बोले पनि व्यर्थ हुन्छ । सफलता लामो समय नजान सक्छ । सफलताले तपाईको नयाँ बाटो, नयाँ दृष्टिकोण दिन सक्नुपर्छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend