Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनका लागि राप्रपा खोटाङले उम्मेदवार सिफारिस  गर्‍यो


    बुधबार, भाद्र २९ २०७९
    565
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले उम्मेदवार सिफारिस गरेको छ । आसन्न निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रबिन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ ।

    प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । 

    यस्तै, प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन् । समानुपातिकमा ललितकुमार राई, विजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेवी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।

    प्रदेश सभा (ख)बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेबी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए । 

    मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुंग्याएको हो । हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार