काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आज राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा तोकेको छ । । युरो एकको खरिद दर १२८ रुपैयाँ ५० पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।