Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजको राष्ट्रिय सभा बैठकका सम्भावित कार्यसूची


    बुधबार, भाद्र २९ २०७९
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने लागेको हो । 

    बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

    राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची छ ।

    राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने छन् ।  

    यस्तै, अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार