Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निश्चल बस्नेतले भने – मान्छेको ज्यानभन्दा ठूलो भीआर्ईपीको सवारी हुँदैन


    मंगलबार, भाद्र २८ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। चलचित्र निर्देशक अर्थात् कलाकार निश्चल बस्नेतले मान्छेको ज्यान भन्दा ठूलो भीआर्ईपीको  सवारी हुँदैन भन्दै आक्रोश देखाएका छन्। 

    आफ्नो सामाजिक संजाल फेसबुकमा उनले भिआइपीका कारण एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान दाउमा रहेको र ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको भन्दै आक्रोश पोखेका हुन्।

    ‘उनले लेखेका छन्,’कसैले ती भिआइपी लाई सुनाईदिनु..तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भिआइपीहरूले एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउ मा राखेका छन्। जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्स लाई रोकिन दिनुभएन, ज्यान भन्दा ठूलो सवारी कुनै भीआर्ईपीको  हुनुहुँदैन’ ।

    चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने औपचारिक भ्रमणका लागि काठमाडौंमा छन्।

    उनको भ्रमणलाई लक्षित गर्दै काठमाडौंका विभिन्न ठाउँका सडकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। विभिन्न ठाउँमा विभिन्न समयमा सर्वसाधारणले जामको सास्ती खेप्नु परेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार