Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिनियाँ जनकंग्रेसका अध्यक्ष ली र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता 


    मंगलबार, भाद्र २८ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । 

    भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

    चिनियाँ नेता लीले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् । 

    प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा चार दिने नेपाल भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् । 

    उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । 

    लीले आज नै प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले  २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार स्वदेश फर्कनेछन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार