Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सुरु भयो चार नेताको छलफल


    मंगलबार, साउन २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल गएका हुन् । अहिल] छलफल चलिरहेको छ । छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित छन् । 

    बालुवाटार स्रोतका अनुसार मंगलबार साँझ ५ बजेपछि भएको छलफलमा नेकपा विवाद केन्द्रित कुराकानी भैरहेको छ ।  

    सोमबार पनि बालुवाटारमा छलफल भएपनि विवाद समाधानको लागि कुनै ठोस सहमति हुन सकेको थिएन । पछिल्लो समय नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि नेकपामा विवाद चुलिएको हो ।

    आज बिहान उपाध्यक्ष वामदेव गौतमसँग उनको निवास भैंसेपाटीमा छलफल गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार