Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चिनीयाँ नेता ली चान्सु र  प्रचण्डबीच भेटवार्ता


    मंगलबार, भाद्र २८ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं प्रस्थान गरेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका छन्  । 

    नयाँबानेश्वरस्थित संसद भवनमा चान्सुले प्रचण्डलाई भेटेका हुन् । संसद भवनमै उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । 

    चान्सुले प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। 

    सभामुख  अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल आएका चान्सु नेपाल आएलगत्तै सोमबार साँझ उनले सभामुख सापकोटासँग भेटवार्ता गरेका थिए । 

    लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार स्वदेश फर्कनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार