Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ली चान्सुको नेपाल भ्रमण यी स्थानहरुमा सवारी आवागमन प्रभावित


    मंगलबार, भाद्र २८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न भागमा  आज  सवारी आवागमन प्रभावित भएको छ  ।  चिनियाँ जनकँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन रोकिएको हो ।

    आज बिहान  ९ बजेदेखि  रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित  भएको छ ।
    त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।
    दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार