काठमाडौं । उपत्यका प्रवेश गर्नेको संख्या बढेसँगै तीन वटा नाकाबाट १० हजार बढीको नमूना स्वाब लिइएको थियो । ती स्वाबको परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नागढुंगा, फर्पिङ र साँगा नाकाबाट १० हजार ८ सय ५३ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो।
जसमा नागढुंगा नाकामा १६ जना, साँगामा १३ र फर्पिङबाट संकलन गरिएको स्वाबमा ११ जनामा संक्रमण देखिएको हो।
सरकारले पछिल्लो समय उपत्यकामा संक्रमण जोखिम बढेको भन्दै यी तीन वटा नाकाबाट १० हजार जनाको परीक्षण गर्ने जनाएको थियो।