Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं र भक्तपुरमा बढे कोरोना संक्रमित, मंगलबार उपत्यकामा भेटिए ६२ संक्रमित


    मंगलबार, साउन २० २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । 

    यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भक्तपुरका ११ जना र काठमाडौंका आठ जना छन् । यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका पाँच जना, नेपाली प्रहरी अस्पतालमा भक्तपुरका एक जना, स्टार अस्पतालमा काठमाडौंका दुई जना र ललितपुरका एकजना र बीआईडीएच ल्याबमा काठमाडौंका तीन जना र नेपाल-कोरिय मैत्री अस्पतालमा भक्तपुरका एक जना संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    मंगलबारबार देशभर २ सय ५९ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ। काठमाडौं उपत्यकामा ६२ जना संक्रमित भेटिएका छन् ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा ६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार २६ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार ९ सय २५ रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार ९ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् । यस्तै मंगलबार थप जनाको मृत्यु भएको छ । योसँगैनेपालमा अहिलेसम्म संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार